Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • देशभर थपिए ८४३ संक्रमित, ५ जनाको मृत्य, २२६ जना डिस्चार्ज

    देशभर थपिए ८४३ संक्रमित, ५ जनाको मृत्य, २२६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ८ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षणबाट ७ सय ६८ जना र ६ सय ७१ एन्टिजेन परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको हो



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ ।



    पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

    आजको तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार