Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • वैशाखभर विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा पनि कडाई

    वैशाखभर विद्यालय बन्द गर्न सिफारिस, रात्रीकालिन व्यवसायमा पनि कडाई

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 4.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरु वैशाख महिनाभर बन्द गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    बैठकले शहरी क्षेत्रका विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निष्कर्ष निकाल्दै कोरोनाको नयाँ भेरियन्ट देखिएका ठाउँमा विद्यालय बन्द गर्न सिफारिस गरेको हो । यसबारे अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ ।



    सीसीएमसीको शनिबार बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको कोभिड–१९ को संक्रमण रोकथामसम्बन्धी आदेशबारे छलफल भएको छ ।



    यद्यपी सीसीएमसीले सरकारलाई गरेको सिफारिस पत्रमा भने विद्यालय बन्द गर्ने भन्दा पनि ‘धेरै संक्रमण देखिएको ठाउँहरुमा तत्कालका लागि वैकल्पिक विधिमार्फत विद्यालयहरुमा पठनपाठन गर्नुपर्छ भन्ने’ उल्लेख गरिएको छ । जुन बन्द गर्नुपर्छ भन्ने नै हो ।

    त्यसैगरी सिसिएमसी निर्देशक समितिको बैठकले कोभिड–१९ को दोस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्यमा जुट्न सम्बद्ध सबै पक्षलाई निर्देशन दिएको छ।

    रात्रीकालिन व्यवसायहरुमा विगतको भन्दा कडाई गर्ने र जनस्वास्थ्यका मापदण्ड लागु भए नभएको कडा अनुगमन गर्ने बारेमा समेत सीसीएमसीमा छलफल भएको छ ।

    संक्रमणको दायर हेरेर कतिपय क्षेत्र बन्द गर्नुपर्ने हुनसक्ने बैठकका एक सहभागीले बताए । रात्रीकालिन व्यवसायका लागि अलग्गै मापदण्ड समेत बनाइने भएको छ ।

    त्यसैगरी बैठकले डान्सबार दोहोरी साँझहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

    रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ ।

    यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो ।

    त्यसैगरी बैशाख २ गते मन्त्रालयले जारी गरेको अर्को अपीलमा काठमाडौं लगायत १४ जिल्लालाई अति जोखिमयुक्त घोषणा गर्दा यी जिल्लाहरुमा भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई अपिल गरिएको थियो । यी जिल्लाहरुमा विद्यालयमा समेत नजान भनिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार