Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • महामारीका बेला पनि रोकिएन वीर र ट्रमामा अनियमितता

    महामारीका बेला पनि रोकिएन वीर र ट्रमामा अनियमितता

    अनलाइन नेपाल
  • शनिबार, ४ बैशाख २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । देश यतिबेला कोरोना महामारीका कारण आक्रान्त जस्तै बनेको छ । झण्डै डेढ वर्ष अघि शुरु भएको कोरोना संक्रमण फेरि पनि बढ्न थालेसँगै समस्याहरु पनि बढ्दै गएका छन् ।

    कोरोना महामारीका बेला सबैभन्दा ठूलो समस्या भनेको स्वास्थ्य क्षेत्रमा परेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर दैनिक लाखौं नाघ्दा उपचार नपाएर कयौंले ज्यान गुमाएका छन् ।



    नेपाल पनि त्यहि अवस्था नआउला भन्न सकिन्न । यस्तो महामारीका बेला सरकारले स्वास्थ्यसँग सम्बन्धित क्षेत्रलाई चलायमान बनाएर आम जनताको स्वास्थ्यमा आइपर्नसक्ने समस्यालाई समाधान गर्नेतर्फ सचेत हुन जरुरी छ ।



    तर, महामारीकै बेला मुलुककै ठूलो र पुरानो चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान अन्तर्गतको ट्रमा सेन्टर र वीर अस्पतालमा ब्यापक भष्ट्राचार हुँदा समेत सरकार मौन बस्दा आम जनताको स्वास्थ्यमा गम्भिर असर पर्ने त होइन भन्ने प्रश्न उब्जिएको छ ।

    वीर र ट्रमामा भएको अनियमितताबार अस्पतालका कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र र स्वास्थ्य मन्त्रालयमा प्रमाणसहित उजुरी दिएका छन् ।

    तर, अझै पनि सम्बन्धित निकायले छानविन गरी दोषीउपर कुनै कारबाही गर्न सकेको छैन ।

    हुनत राष्ट्रिय सर्तकता केन्द्रले २०७५ सालमा तीन महिना लगाएर ट्रमा र वीरमा छानविन गरी अनियमित कर्मचारी भर्ना, उपकरण मर्मत र महङ्गोमा इन्टाअप सीटी र टोमोथोपारी मेसिन खरिमा अनियमितता भएको निष्कर्ष निकाल्दै तत्कालिन भिसि डा. गणेश गुरूङ, ट्रमाका मे.सु. र वीर अस्पताल खरिद प्रमुख भगवती थपलिया, श्याम बिक, अरुण महतो लगायत लाई कारवाई गर्ने निर्णय गरि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

    त्यसो त केन्द्रले थप छानवीन गरी कारवाई गर्ने अख्तियारमा पत्र नपठाएको पनि होइन र स्वास्थ्य मन्त्रालयलाई पनि जानकारी नगराएको होइन । केन्द्रको उक्त पत्र अझै अलपत्रै छ ।

    यसबारे प्रधानमन्त्री कार्यालयको सुशासन शाखाले पनि स्वास्थ्य मन्त्रालयलाई पटक–पटक ताकेता गरेपनि भ्रष्टाचारमा मुछिएका उनीहरुलाई हालसम्म कुनै कारबाही हुन सकेको छैन । भ्रष्टाचारमा मुछिएकी थपलियालाई त उल्टै खरिद एकाई को जिम्मेदारी दिइएकको छ ।

    अहिले ट्रमा सेन्टरमा नि. मे. सु. डा. सन्तोष पौडैल र अस्थायी सेवाका डा. गौरव ढकालको मिलेमतोमा झनै बढी अनियमितता भइरहेको कर्मचारीहरु नै बताउँछन् ।

    तर पनि स्वास्थ्मन्त्री र उपकुलपति भने देखे नदेखेझैं गरिरहेका छन् । अस्पतालमा क्यान्टिन ठेक्का, ए ग्रेडको ऐम्वुलेन्स खरिद, आर्थिक लेनदेन गरी अनियमितता कर्मचारी भर्नालगायतमा अनियमितता भइरहेको छ ।

    ट्रमामा ९ वटा सीआरएम र १ वटा २० करोड पर्ने ओआरएम छन् । उक्त मेसिनहरु सामान्य मर्मत गरेर सन्चानलमा ल्याउन सकिन्छ । तर, मर्मत नगरी यसपालि ५५ लाख पर्ने २ वटा सीआरएम ८५ लाखमा खरिद गरिएको छ । यहाँ पनि लाखौं भ्रष्टाचार भएको प्रष्टै छ ।

    त्यसैगरी एनेस्थेसिया मेसिन खरिदमा पनि एनेस्थेसियाको बिभागिय प्रमुखलाई थाहै नदिई खरिद गरिरहेका छन् । हाइइन्ड माइक्रोस्कोप पनि १ करोड ३० लाखमा किनिएको छ । तर,प्रयोगकर्ता बिभागलाई थाहा छैन ।

    डा. सन्तोष, रडा. गौरवले सबै सामानहरु ब्यापारीसँग मिलेर स्पेसिफिकेसन बनाएर टेण्डरमा कम मूल्य बिड गर्नेलाई अस्वीकृत गर्दै बढी मूल्य बिड गर्नेबाट सामान खरिद गरिएको छ । यस बारे ४ वटा कम्पनीले उच्च अदालतमा मुद्दा नै हालेका छन् । जुन फैसला आउन बाँकी छ ।

    त्यसो त ट्रमा सेन्टर मा भर्ना भएका विरामीको अपरेशन गर्दा प्रयोग हुने औषधि र इम्पान्टलगायत सामानहरूमा उनीहरुकै मनोमानि रहेको कर्मचारीहरु बताउँछन् ।

    अन्य कम्पनीको ४०–५० हजारमा आउने सामान प्रयोग नगरि उनीहरुलाई कमिसन दिने इम्पान्ट मेडिट्रोनिक र मिराकल भन्ने भारतिय कम्पनीको मात्र प्रयोग गर्छन जसको मूल्य १ लाख ५० हजारदेखि २ लाखसम्म पर्छ । जुन सामान डा. पौडेल र ढकाल निकट अश्विन बरालको एबी मेडिकल ग्रुप र नास्ट नेपालमा मात्र पाइन्छ ।

    यसबारे कसैले पनि बोल्ने आँट गरेका छैनन । यस घटनामा नर्सिंग प्रमुख सोचना सापकोटा पनि मुछिएकी छन् । यस बिषयमा कर्मचारीले प्रधानमन्त्री कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र र स्वास्थ्य मन्त्रालयमा ऊजुरी दिएपछि प्रधानमन्त्री कार्यलयको निर्दशन स्वास्थ्य मन्त्रालयले छानविन समिति बनाएको छ ।

    तर, ट्रमाका मे. सु. डा. पौडेल र डा. ढकालले समितिलाई नै धम्काउने र आवश्यक कागज पत्र नदिई काम अघि बढाउन दिएका छैनन् ।

    उता वीर अस्पतालको पनि उही हालत छ । इन्टा अप सिटी र टोमोथोपारी खरिदमा अनियमित गरेको भनि कारवाई सिफारिस भएको समूहका ब्यक्तिहरु नै अहिलेसम्म खरिदमै बसि करोडौं भष्ट्राचार गरिरहेका छन् । यसबारे भिसि डा. डिएन शाह नदेखेझैं गरिरहेका छन् ।

    यस्तो महामारीका बेला करोडौको उपकरण बिग्रिएर थन्किएका छन् । मर्मततर्फ कसैको ध्यान छैन । इन्डोस्कोपी मेसिन, फाइबर स्याक्यन, दुइवटा सीटीमेसिन, अक्सिजन मेसिन, सि–आर्म, मेमोग्राम, क्याथ ल्याव, स्पेशल ऐक्सरे, पिएफ टि, ऐक्सरे, ईबस, बोक्रोसकोपि, १२ वटा भेन्टिलेटर, टिपिए जाँच,यु रोफ्रोले मिटर, एबीजी मेसिन सबैले काम गर्दैनन् ।

    सामान्य मर्मतमा चल्ने यी मेसिनहरुलाई थन्क्याएर पूर्व निर्देशक डा. सेन्चुरी खरिदकी भगवती र अरुण महतो, श्याम बिक नया मेसिन किन्न आफूनिकट ब्यापारीसँग मिलेमतो गरि स्पेफिकेशन बनाउनै तल्लिन छन् ।

    नयाँ भवन सञ्चानल को कुनै तयारी छैन । सो भवन ५२० बेडको हो । सो सर्जिकल भवन सञ्चानलमा आए काठमाडौंका अधिकांश निजी अस्पतालको अपरेशन बन्द हुन्छ । त्यही भएर पनि सर्जन डिन पियुष, रेक्टर डा. सुवोध तथा थपलिाया, बिक र महातोको समूहले सञ्चालनलाई कुनै चासो दिएको छैन ।

    प्याथोलोजि बिभाग प्रमुख डा. प्रतिभा बिष्टले त कोभिडको समयमा ३५ लाखमा किनेको कोरना पिसिआर जाच गर्ने मेसिन हाल केमिकल नपाईएको भन्दै थन्काएको छ ।

    वीर अस्पताल कर्मचारी युनियनले अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारका विषयमा प्रधानमन्त्री कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्दीकरण विभाग, राष्ट्रिय सर्तकता केद्र तथा स्वास्थ्य मन्त्रालयसमेतमा उजुरी हालेको छ ।

    उजुरीमा ट्रमा सेन्टरका डा. सन्तोष पौडेल, डा. गौरव ढकाल, सोचना सापकोटा, ओटी प्रमुख गंगा, खरिद शाखा र वीर अस्पतालको पूर्व निर्देशक डा. केदार सेन्चुरी, खरिद प्रमुख भगवती थपलिया, श्याम बिकलगायतले गरेको अनियमितताबारे छानविन गरी उनीहरुको सम्पत्ति समेत छानविन गर्न आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार