Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि, बिल्बाओमाथि शानदार जीत

    बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि, बिल्बाओमाथि शानदार जीत

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 3.4K
    SHARES

    काठमाडौं। स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

    बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई तथा एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले समान एक एक गोल गरे ।



    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।



    त्यस्तै, खेलको ६३ औं मिनेटमा जोङले गोल गर्दा बार्सिलोनाको अग्रता २(० को बन्यो ।

    ६८ औं र ७२ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ४(० ले अघि रहँदै जित सुनिश्चित गरेको हो।

    यससँगै बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार