Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि स्वत : पदमुक्त

    बादलको सांसद पद खारेज, गृहमन्त्रीबाट पनि स्वत : पदमुक्त

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’पदमुक्त भएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।



    गत चैत २७ गते नै माओवादीले थापालाई कारबाही गरिएको जानकारी गराएपछि राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गर्दै थापाको पद खारेज भएको जानकारी दिएको हो ।



    सांसद सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन् ।

    २०७४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा वागमती प्रदेशबाट थापा राष्ट्रियसभामा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार