Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सांसद र गृहमन्त्री दुबै पद गुमाएका थापा आजै ६ महिनाका लागि पुनः मन्त्री बन्दै

    सांसद र गृहमन्त्री दुबै पद गुमाएका थापा आजै ६ महिनाका लागि पुनः मन्त्री बन्दै

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सांसद पद गुमेको छ। उनको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वतः पदमुक्त भएका छन् ।

    आज राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेसँगै उनको सांसद र मन्त्री दुबै पद गुमेको हो ।



    नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो ।



    सोही पत्रलाई आधार मान्दै राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गरी थापाको पद खारेज भएको जानकारी दिएको हो ।

    थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए।

    सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र बनेपछि पूर्वमाओवादी उनी एमालेतिरै लागेका थिए ।

    उनी पार्टीमा नफर्किएपछि माओवादीले दल त्यागको जानकारी गराएको थियो ।

    सांसद नरहेपछि संविधानतः मन्त्री पदबाट स्वतः मुक्त भए पनि प्रधानमन्त्री ओलीले थापालाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ । किनभने यसअघि पदमुक्त भएका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई ओलीले मन्त्री पदमा पुनर्नियुक्त गरिसकेका छन् ।

    सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार