Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रहरीकहाँ पुगेर देवरले भने – भाउजु मारेर आएको हुँ

    प्रहरीकहाँ पुगेर देवरले भने – भाउजु मारेर आएको हुँ

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । भाउजुको हत्या गरेका एक जना व्यक्तिले प्रहरीसामु आत्मसमर्पण गरेका छन्।

    शनिबार दिउँसो बानेश्वरको बुलबुले मार्गमा एक महिलाको रडले हानेर उनै महिलाको हत्या गरेका देवरले महानगरीय प्रहरी परिसर टेकुमा आत्मसमर्पण गरेका हुन्।



    काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार  देवर ४८ वर्षीय मोहनराज भण्डारीले आफ्नै भाउजु ४८ वर्षीया रोश्निराज भण्डारीको हत्या गरेर शनिबार राति ८ बजे टेकुस्थित काठमाडौं प्रहरी कार्यालयमा आएर भने, ‘भाउजु मारेर आएको हुँ ।’



    प्रहरी प्रमुख सिंहका अनुसर लामो समयदेखि दुईजनाबीच विवाद भइरहेको थियो। हत्याको दिन मादक पदार्थ सेवन गरेका भण्डारीले भाउजु पसलमा तरकारी लिन गएर फर्किँदा फलामको रड (खन्ती) ले हिर्काएका थिए ।

    घटना भएलत्तगै रोश्नीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर, केहिवेरमै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

    पक्राउ परेका मोहनलाई अहिले प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ । ‘

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार