Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भिओआइपीमार्फत् अबैध कल बाइबास गर्ने भारतीय नागरिक पक्राउ

    भिओआइपीमार्फत् अबैध कल बाइबास गर्ने भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 2.3K
    SHARES

    काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अबैध अन्तराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमध्ये बंगलादेशी मुलुकका एक नेपाली र एक भारतीय नागरिक रहेका छन्।



    सीआईबी प्रमुख डिआइजी सहकुल थापाका अनुसार रौतहट जिल्ला रमौली बेरिया घर भएका ३३ बर्षीय स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारी र भारत पन्जाव घर भएका ३३ बर्षीय राना शाह रहेका छन्।



    सीआईबीको टोलीले गोप्य सूचनाको आधारमा उनीहरुलाई काठमाडौँको चन्द्रागिरि २ बसनडोलस्थित श्याम कृष्ण श्रेष्ठको घरबाट पक्राउ गरेको हो।

    मियाँ र रानाले श्रेष्ठको घर भाडामा लिएर अबैध भिओआइपी गर्दै आएको खुलेको छ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार