Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘ओलीप्रतिको निकटता कारण जसपा समस्यामा’

    ‘ओलीप्रतिको निकटता कारण जसपा समस्यामा’

    ‘निकट भविष्यमै माधव नेपाल पक्षसँग पार्टी एकता हुन्छ’

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    पर्वत। नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमाले माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएक छन् ।

    आज सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वाराआयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पौडेलले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरे ।



    उनले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको जनाउँदै एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको बताए ।



    उनले नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको जनाउँदै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको प्रस्ट पारे ।

    नेता पौडेलले जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलले भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार