Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आईपीएल : बेङ्ग्लोरका म्याक्सवेल र एबी डी चम्किएपछि कोलकत्तामाथि २०५ रनको चुनौती

    आईपीएल : बेङ्ग्लोरका म्याक्सवेल र एबी डी चम्किएपछि कोलकत्तामाथि २०५ रनको चुनौती

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 3.4K
    SHARES

    एजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा ग्लेन म्याक्सवेल र एबी डी भिलियर्स चम्किएसँगै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले कोलकत्ता नाइट राइडर्समाथि जितका लागि २ सय ५ रनको चुनौती प्रस्तुत गरेको छ।

    चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।



    बेङ्ग्लोरका लागि सर्वाधिक ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सले क्रमश ७८ र ७६ रन बनाए ।



    कोलकत्ताका वरुण चक्रवर्तीले २ तथा पाट कुमिन्स र प्रशिद्द कृष्णले १र१ विकेट लिए ।

    आज बेङ्ग्लोर लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ ।

    बेङ्ग्लोर तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।

    बेङ्ग्लोरले २ खेलमा ४ अंक जोडेको छ । बेङ्ग्लोर दोस्रो स्थानमा रहेको छ ।

    कोलकत्ता भने दोस्रो जितको खोजीमा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार