Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एसएलसीको प्रमाणपत्र किर्ते गरेका चिकित्सक सिआईबीको फन्दामा

    एसएलसीको प्रमाणपत्र किर्ते गरेका चिकित्सक सिआईबीको फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 4.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले एक चिकित्सकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मनाङको कामे गाउँपालिका -५ स्थायी  ठेगाना भएका पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डा. दीपेन्द्र गौतम रहेका छन्।



    डा. गौतमलाई शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएकाले पक्राउ गरिएको सिआईबीका एक अधिकारीले वताए।



    उनलाई आज पक्राउ गरिएको हो ।

    डा. गौतममाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग छ ।

    यसअघि पनि अप्रेसन क्वाक चलाएर एक सय भन्दा धेरै चिकित्सकलाई पक्राउ गरी सिआईबीले  मुद्दा चलाएको थियो। सिआईबीले पक्राउ परेका डा. गौतममाथि  आवश्यक अनुसन्धान गरिरहेको छ।

    सिआईबीले  किर्ते शैक्षिक  प्रमाणपत्र भएका थुप्रै चिकित्सकहरुलाई अनुसन्धान गरेको स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार