Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गृहमन्त्री थापाद्वारा सपथ ग्रहण

    गृहमन्त्री थापाद्वारा सपथ ग्रहण

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले आफ्नो मन्त्री पदको सपथ लिएका छन् ।

    आज राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्री थापाले सपथ लिएका हुन् ।



    मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए ।



    यसअघि आजे बिहान राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेसँगै उनको सांसद र मन्त्री दुबै पद गुमेको थियो ।

    तर, संविधानमा सांसद नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्थासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेता थापालाई मन्त्री पदमा पुन नियुक्त गरेर गृह मन्त्रालयको कार्यभार तोकेकी छन् ।

    आजै राष्ट्रपति भण्डारीले थापालाई गृह मन्त्रालयको कार्यभार तोकेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार