Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटी बैठकमा नेपाल पक्ष नजाने

    ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटी बैठकमा नेपाल पक्ष नजाने

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष नजाने भएको छ ।

    ओलीले आज दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन् ।



    बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।



    यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको नेपाल पक्षका नेताहरुले बैठकमा सहभागी नहुने बताएका हुन् ।

    एमाले उपाध्यक्ष एवम् माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै आफूहरु बैठकमा सहभागी नहुने बताइन् ।

    यता, एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    केन्द्रीय कार्यालयले भने २६१ जनालाई बैठकमा बोलाइएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार