Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भारतमा कोरोना संक्रमित डेढ करोड नाघे, एकैदिन १ हजार ६२५ को मृत्यु

    भारतमा कोरोना संक्रमित डेढ करोड नाघे, एकैदिन १ हजार ६२५ को मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या र कोरोनाका कारण मृत्यु हुनेको संख्याले नयाँ रेकर्ड बनाउँदै गएको छ ।

    पछिल्लो समय कोरोनाको हटस्पट बनेको भारतमा कोरोना संक्रमित डेढ करोड नाघेका छन् भने एकदिनमा १ हजार ६ सय २५ जनाले ज्यान गुमाएका छन् ।



    भारतमा पछिल्लो २४ घन्टामा २ लाख ७५ हजार ३ सय ६ जना थप संक्रमित थपिएसँगै हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ५० लाख ५७ हजार ७ सय ६७ पुगेको छ ।



    त्यस्तै हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७८ हजार ७ सय ९३ पुगेको छ ।

    भारतमा कोरोनामुक्त हुनेको संख्या १ करोड २९ लाख ४८ हजार ८ सय ४८ पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार