Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आईपीएल : दिल्लीको दोस्रो जित

    आईपीएल : दिल्लीको दोस्रो जित

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 2.5K
    SHARES

    एजेन्सी । इण्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) मा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ ।

    आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।



    पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।



    दिल्लीका लागि शिखर धवनले सर्वाधिक ९२, पृथ्वी शाह ३२, मार्कुस स्टोनिस २७, कप्तान ऋषव पन्तले १५ र ललित यादव १२ रनमा अविजित रहे ।

    पन्जाबका लागि बलर  जे रिचार्डसन्ले २ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।

    पन्जाबका लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले क्रमश ६९ र ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।

    दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १र१ विकेट लिए ।

    यस जितसँगै दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

    त्यस्तै, पन्जाबले ३ खेलमा २ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार