Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बालुवाटारमा एमालेको केन्द्रीय समिति बैठक बस्दै

    बालुवाटारमा एमालेको केन्द्रीय समिति बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 3.1K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बोलाइएको हो।



    बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।



    यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको नेपाल पक्षका नेताहरुले बैठकमा सहभागी नहुने बताएका हुन् ।

    एमाले उपाध्यक्ष एवम् माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै आफूहरु बैठकमा सहभागी नहुने बताइन् ।

    यता, एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

    केन्द्रीय कार्यालयले भने २६१ जनालाई बैठकमा बोलाइएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार