Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपतिद्वारा ४२ दिनपछि संसद् अधिवेशन अन्त्य

काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसबमोजिम उनले दिउँसो एक बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले सोमबारै संसद् अधिवेशन अन्त्य गरेको पत्र संसद् सचिवालयलाई पठाएको छ ।

पत्रमा राष्ट्रपतिले भनेकी छन्, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ र १र६ को सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १:०० बजेदेखि अन्त्य गरेको छु ।’

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।

यसअघि गत फागुन २३ गते राष्ट्रपति भण्डारीले पहिलो पटक संघिय संसद्को हिउँदे अधिवेशन आह्वान  थिइन्।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077