Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आइएमएस मोटर्सको ‘स्याङयोङ्ग नव वर्ष अफर’

    आइएमएस मोटर्सको ‘स्याङयोङ्ग नव वर्ष अफर’

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालका लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ ।

    आइएमएस मोटर्सले एक विज्ञप्ति जारी गरी यो अफरबारे जानकारी गराएको हो । कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाख सम्म पाउन सक्नेछन, साथै २ लाख सम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।’



    अफर अन्तर्गत स्याङयोङ्गले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, सात बर्षे सजिलो फाइनान्स, तीन बर्ष वारेन्टि, तीन वर्ष निःशुल्क सर्भिसिङ र ११ हजार बराबरको एशोसिरिजहरु निःशुल्क पाउने पनि कम्पनीले जनाएको छ ।



    स्याङयोङ्ग नव वर्ष अफर २०७८ साल बैशाख १ गते देखि बैशाख ३१ गते सम्ममात्र लागु हुने विज्ञप्तिमा उल्लेख छ ।

    स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन्, जसको मुल कारण कम्पनीका दक्ष इन्जिनियरहरु नै हुन् । स्याङयोङ्ग अन्य मोडलहरु जस्तै एसयुभी, पिकअप ट्रक र एमपीभिएस रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार