Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • राष्ट्रपति भण्डारीको व्यस्तता, १९ घण्टाभित्र नियुक्तिसँगै सिफारिस पनि

    राष्ट्रपति भण्डारीको व्यस्तता, १९ घण्टाभित्र नियुक्तिसँगै सिफारिस पनि

    चुँडाल र सुबेदी सर्वाेच्चको न्यायाधीशमा नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। हिजो र आज राष्ट्रपति विद्यादेवी भण्डारीको व्यस्तता निकै बढेको छ ।

    हिजो गृहमन्त्री रामबहादुर थापालाई नियुक्ति गरेकी राष्ट्रपति भण्डारीले बिहानै संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी छिन्।



    यसैबीच, आजै अधिवेशनपश्चात् .राष्ट्रपति भण्डारीले डा कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेसँगै उनको व्यस्तता बढेको हो।



    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश रहेका छन् ।

    उनीहरुलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार