Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सस्तैमा समेटियो मलेसिया, नेपाललाई ११० रनको सामान्य लक्ष्य

    सस्तैमा समेटियो मलेसिया, नेपाललाई ११० रनको सामान्य लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौं । राजधानीमा जारि रहेको त्रिकोणात्मक टि-२०  सिरिजको दोस्रो खेलमा पाहुना टोली मलेसियाले नेपाललाई १ सय १०  रनको लक्ष्य दिएको छ।

    गत शनिबारदेखि सुरु भएको ट्राइ नेसन सिरिजको दोस्रो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई ११० रनको सामान्य लक्ष्य दिएको हो ।



    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरको खेलमा १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको हो ।



    मलेसियाका लागि सर्वाधिक अजिजले २७  रन बताए । त्यस्तै, सर्विन २० तथा साफीकले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन्।

    मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले सर्वाधिक ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए भने  सोमपाल कामी, साहब आलम, कुशल मल्ल र दिपेन्द्रसिंह ऎरिले समान १ /१ विकेट लिए ।

    यसअघि भएको प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली नेपाल नेदरल्यान्डसविरुद्द ९ विकेटले हावी भएको थियो भने मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्यान्डससँग पराजित भएको थियो।

    अर्को शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल, नेदरल्यान्ड्स, मलेसिया सहभागी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार