Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमाले पार्टी कार्यालय थापाथलीबाट सञ्चालन

    एमाले पार्टी कार्यालय थापाथलीबाट सञ्चालन

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले मुख्यालय थापाथलीबाट सञ्चालन भएको छ ।

    यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्णरुपमा सञ्चालन भइरहेको हो ।



    कार्यालय अहिले सञ्चालन भए पनि वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।



    नयाँ पार्टी मुख्यालयमा अध्यक्ष, महासचिव, सङ्गठन विभाग, प्रचार विभाग र विदेश मामिला प्रमुखसहितका १२ कोठा छन् ।

    विसं २०७२ को भूकम्पले बल्खु, मदन नगरस्थित पार्टी मुख्यालय भत्किएपछि एमालेले धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको कार्यालय भाडामा लिई मुख्यालय सञ्चालन गरेको थियो । प्रतिष्ठानको भवन मासिक रु दुई लाख २५ हजार तिरिँदै आएको थियो ।

    पार्टीले धुम्रबाराहीमा चक्रपथको सडक विस्तारले आउजाउमा समस्या परेकाले थापाथलीमा कार्यालय सारेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार