Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मलेसियामाथि नेपालको ऐतिहासिक जित, ९ विकेटले पराजित

    मलेसियामाथि नेपालको ऐतिहासिक जित, ९ विकेटले पराजित

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो सुखद सुरुवातलाई जारि राखेको छ।

    किर्तिपुर खेल मैदानमा भएको आजको खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।



    ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी ब्याटिङसँगै नेपालले पाहना टोली नेदरल्याण्ड्सलाई पराजित गरको हो ।



    करिअरको दोस्रो गेम खेलिरहेका कुशल र आसिफले पहिलो विकेटमा १ सय २  रनको साझेदारी गरेपछि ४२ रनमा आसिफ आउट भएका थिए।

    यो साझेदारी ट्वान्टी २० मा नेपालको सबैभन्दा दोस्रो ठूलो साझेदारी हो । यसअघि नेपालले पहिलो खेलमा नेदरल्याण्डविरुद्द ११६ रनको कीर्तिमानी पारि खेलेको थियो।

    नेपालको सहज जितमा कुशल ६१ रनमा अविजित रहे। त्यस्तै, दिपेन्द्रसिंह ऐरी  ६ रनमा अविजित हुँदा खेल नेपलको पोल्टामा पर्यो।

    यसअघि मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले सर्वाधिक ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, साहब आलम, कुशल मल्ल र दिपेन्द्रसिंह ऎरिले समान १ /१ विकेट लिए ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरको खेलमा १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको हो ।

    मलेसियाका लागि सर्वाधिक अजिजले २७ रन बताए । त्यस्तै, सर्विन २० तथा साफीकले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन्।

    यसअघि भएको प्रतियोगिताको पहिलो खेलमा पनि घरेलु टोली नेपाल नेदरल्यान्डसविरुद्द ९ विकेटले हावी भएको थियो भने मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्यान्डससँग पराजित भएको थियो।

    जितसँगै प्रतियोगितमा नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ।

    अर्को शनिबारसम्म चल्ने प्रतियोगितामा नेपाल, मलेसिया, र नेदरल्यान्ड्स, सहभागी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार