Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सिआईबीद्धारा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने ७ जना चिकित्सकहरू सार्वजनिक

    सिआईबीद्धारा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने ७ जना चिकित्सकहरू सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 4K
    SHARES

    काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सात जना चिकित्सकहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

    उनीहरुलाई काठमाडौं, भक्तपुर र ललितपुरसहित विभिन्न जिल्लाबाट हिजो पक्राउ गरिएको सीआईबीले जनाएको छ।



    सीआईबी प्रमुख डिआइजी सहकुल थापाका अनुसार उनीहरुलाई एसएलसीको शैक्षिक प्रमाण पत्र किर्ते गरेको आरोपमा पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेहरुमा सप्तरी जिल्ला बिष्णुपुर–२ घर भई न्यूरो हस्पिटल बिराटनगरमा कार्यरत २८ बर्षीय मोहमद सिद्दिक, महोत्तरी सरपल्लो–६ घर भई जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत २९ बर्षीय सुभासप्रसाद साह, धनुषा जिल्ला सवैला नपा–५ घर भई हाल दिर्घायू गुरु हस्पिटल, चाबहिल काठमाडौँमा कार्यरत २८ बर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे–५ घर भई चौरझारी मिसन हस्पिटल पश्चिम रुकुममा कार्यरत ३१ बर्षीय दिपेन्द्र गौतम रहेका छन्।

    त्यस्तै, सप्तरी जिल्ला सकरपुरा–१ घर भई भएका ३१ बर्षीय अखिलेश कुमार देव, महोत्तरी जिल्ला मनरा–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी बस्दै आएकी २७ बर्षीय पल्लवी सिंह र ललितपुर महानगरपालिका–२ घर भई सोही ठेगानामा बस्ने २९ बर्षीय फराज हुसेन खाँ रहेको डिआइजी थापाले बताए ।

    डिआईजी थापाका अनुसार पक्राउ परेका उनीहरुले बंगलादेशमा एमबीबीएस अध्ययन गर्न जानको निमित्त एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङ्क लगायतका बिवरणहरु सच्याई, थपघट गरी किर्ते मार्कसिट बनाई सोही मार्कसिटहरुको आधारमा बंगलादेशमा एमबीबीएस अध्ययनको लागि नेपाल मेडिकल काउन्सिल बाँसवारीबाट स्विकृती लिएको खुलेको छ ।

    आफ्नो ब्यक्तिगत लाभको लागि नेपाल सरकारबाट जारी गरिने एसएलसीको मार्कसिट किर्ते गरी लिखत सम्बन्धी कसूर अपराध गरेको सम्बन्धमा उनीहरुलाई काठमाण्डौं जिल्ला अदालतबाट सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको पनि डिआईजी थापाले बताए ।

    सिआईबीले यसअघि पनि अप्रेसन क्वाक चलाएर एक सय भन्दा धेरै चिकित्सकलाई पक्राउ गरी  मुद्दा चलाएको थियो।

    पछिल्लो समय सिआईबीले किर्ते शैक्षिक प्रमाणपत्र भएका थुप्रै चिकित्सकहरुलाई अनुसन्धान गरेको सीआईबीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार