Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना संक्रमितको संख्या झण्डै १३ सय, थप ८ जनाको मृत्यु

    कोरोना संक्रमितको संख्या झण्डै १३ सय, थप ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रममा जारी रहेको छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि हिजोदेखी संक्रमितको संख्या १ हजार भन्दा धेरैमाथि रहेको छ।

    यसैबीच, आज पछिल्लो २४ घण्टामा थप १ हजार २८१ जनामा संक्रमण पुष्टि भएको छ । ७ हजार ००१ जनामा पीसीआर परीक्षण र ५४७ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः १२२७ र ५४ जनामा संक्रमण पुष्टि भएको हो ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यस्तै, पछिल्लो २४ घण्टामा २५५ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लख ७५ हजार ५५५ जना डिस्चार्ज भएका छन्।

    सोमबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको आठ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ०९१ पुगेको छ ।

    हिजो नेपालमा १०९६ जना संक्रमित थपिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार