Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • शिल्पा पोखरेलको उजुरीपछि रंग पत्रकार सुबेदीको कार्यक्रम निलम्बन

    शिल्पा पोखरेलको उजुरीपछि रंग पत्रकार सुबेदीको कार्यक्रम निलम्बन

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । नायिका शिल्पा पोखरेलले आफ्नो चरित्रहत्या गरेको भन्दै रंग पत्रकार प्रकाश सुबेदीले संचालन गर्ने कार्यक्रममा उजुरी दिएपछि उन संचालन गर्दै आएको कार्यक्रम निलम्बनमा परेको छ।

    सुबेदीले एपीवान टेलिभिजनमा सञ्चालन गर्ने दुई विवादित मनोरञ्जनात्मक कार्यक्रम निलम्बनमा परेका हुन् ।



    उक्त कार्यक्रमका विरुद्ध टेलिभिजनमा उजुरी दिएकी नायिका पोखरेलले टेलिभिजनको उक्त निर्णयका लागि टेलिभिजनलाई धन्यवाद समेत दिएकी छिन्।



    टेलिभिजन स्रोतका अनुसार गत २ वैशाखमा बसेको एपीवान टिभीको बोर्ड वैठकले शिल्पाका विषयमा थप सामग्री नबनाउन सुबेदीलाई निर्देशन दिएको थियो । तर, त्यसको अटेर गरी सुबेदीले आफ्नो कार्यक्रममा शिल्पाका पूर्वपति छवि ओझाको अन्तरवार्ता लिएर शिल्पाको थप चरित्रहत्या प्रयास गरेको शिलाको आरोप छ।

    सुबेदीले शिल्पाका विरुद्ध अर्को कार्यक्रम पनि बनाएपछि ५ गते वसेको अर्को वैठकले वाध्य भएर कार्यक्रम निलम्बन गरेको स्रोतको भनाइ छ ।

    अर्को निर्णय नभएसम्मका लागि कार्यक्रम बन्द गर्ने टेलिभिजन बोर्डले निर्णय लिएको हो । टीभी बोर्डको निर्णयपछि सुबेदीले सञ्चालन गर्ने ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार