Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको हो ।



    नेपाल क्रिकेट सङ्घ (क्यान) विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ ।



    यो निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्यानले क्षमा मागेको छ । यसअघिका खेलहरुमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए । अबका खेलहरु दर्शकबिहीन हुनेछन् ।

    आज नेपालले नेदरल्याण्ड्विरुद्ध खेल्दै छ । यसअघि नेपालले नेदरल्याण्ड्लाई पहिलो खेलमा नौ विकेटले पराजित गरेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार