Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पेरिसडाँडामा माओवादीको स्थायी समिति बैठक, यस्तो छ पार्टीको एजेण्डा

    पेरिसडाँडामा माओवादीको स्थायी समिति बैठक, यस्तो छ पार्टीको एजेण्डा

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नयाँ सरकार गठन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसेको छ।

    दिउँसो एक बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको माओवादी केन्द्रले जनाएको छ ।



    बैठकमा समसामयिक राजनीति, संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताएका छन् ।



    यद्यपी बैठकमा मुख्यगरी सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरुकै दाबी छ ।

    पछिल्लो समय माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयास गरिरहेको छ । यद्यपी नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार