Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाललाई दोस्रो झट्का, कप्तान मल्ल २० रनमा आउट !

    नेपाललाई दोस्रो झट्का, कप्तान मल्ल २० रनमा आउट !

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौमा जारि त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटमा आज घरेलु टोली नेपालले नेदरल्याण्डसंग प्रतिस्पर्धा गरिरहेको छ।

    यसअघिका दुवै खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले आज भने टस जितेर ब्याटिङ गरेको छ।



    त्रिवि क्रिकेट मैदान किर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपाललाई दोस्रो झट्का लागेको छ।



    यसअघिका दुवै खेलमा गतिलो प्रदर्शन गरेका आशिफ सेख आजको गेममा खाता नै नखोली आउट भएका थिए भने कप्तान ज्ञानेन्द्र मल्ल व्यक्तिगत २० रनमा आउट भएका छन्।

    डबल राउण्ड रोबिनको आधारमा खेलिने भएकाले नेपालले आज दोस्रोपटक नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो। अहिले क्रिजमा कुशल भुर्तेल ३७ र दिपेन्द्रसिंह ऐरी २ रनमा खेलिरहेका रहेका छन्।

    आजको खेल फाइनल पुग्नका निम्ति दुवै टीमका लागि निर्णायक हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार