Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गृहकै मिलेमतोमा अध्यागमनमा सेटिङ, नक्कली पासपोर्टधारीलाई उन्मुक्ति

    गृहकै मिलेमतोमा अध्यागमनमा सेटिङ, नक्कली पासपोर्टधारीलाई उन्मुक्ति

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृह मन्त्रालयकै मिलेमतो अध्यागमन सेटिङ सुरु भएको छ । कतिसम्म भने नक्कली पासपोर्टधारीलाई समेत उन्मुक्ति दिन थालिएको छ ।

    आर्थिक चलखेलका आधारमा दुई बंगलादेशी व्यापारीलाई हालै अध्यागमन विभागले उन्मुक्ति दिएको छ । क्यानाडाको नक्कली पासपोर्टमा क्यानाडा जान लागेका बंगलादेशी नागरिक मोहम्मद बम्लु मिहा र राहुल करिमलाई मुद्दा नचलाई बंगलादेश पठाइएको हो । यसमा अध्यागमन विभागमा ठूलो आर्थिक चलखेल भएको स्रोत बताउँछ । विभागका तत्कालिन महानिर्देशक रमेक कुमार केसी र मुद्दा शाखाका कर्मचारीको मिलमेतोमा उनीहरुलाई उन्मुक्ति दिइएको हो ।



    चैतको पहिलो साता उनीहरु नेपालबाट कतार हुँदै क्यानाडा जान लागेका थिए । नेपालको अध्यागमनले उनीहरुको नक्कली पासपोर्ट पहिचान नै गरेन । कतार पुगेपछि पासपोर्ट जफत गरी नेपाल फकाईदिएको थियो । जुन घटनाले नेपालकै अध्यागमनको चेकिङ प्रणालीमाथि नै प्रश्न उठेको छ ।



    त्यसरी फकाईपछि पनि मुद्दा नचलाई सामान्य धरौटी तोकेर निष्काशन गरिएको छ । उनीहरुलाई मुद्दा चलाएको भए एक महिनासम्म थुनामा बस्नुपर्दथ्यो । त्यहीकारण उनीहरुले मुद्दा नचलाई पैसा बुझाएर उनीहरु बंगलादेश गएका हुन् । उनीहरुले जरिवाना २५ हजार बुझाएको र घुस भने लाखौं बुझाएको अध्यागमन स्रोत बताउँछ ।

    नेपालको अध्यागमनमा पटक पटक बदमासी हुँदै आएको छ । लकडाउन खुलेलगत्तै सेटिङका आधारमा १० हजार भन्दा धेरै भिजिट भिसामा यूएई लगायत देश गएका थिए । त्यसमा संलग्न गौलोचन सैंजु लगायतलाई कारबाही भएन । सोही गिरोहमा संलग्न सुशील बैद्यलाई हालै बढुवा गरेर विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख बनाइएको छ । उनी प्रमुख भएपछि भिजिट भिसामा खाडी देश पठाउने गिरोह उत्साहित भएको छ । गृहसचिव महेश्वर न्यौपानेलाई आफ्ना केही विश्वासपात्र कर्मचारीमार्फत विमानस्थलमा सेटिङ मिलाइरहेको स्रोत बताउँछ । (दृष्टि साप्ताहिकबाट साभार)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार