Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओलीले कारबाही गर्ने भएपछि माधव नेपालले बोलाए सांसदहरुको बैठक

    ओलीले कारबाही गर्ने भएपछि माधव नेपालले बोलाए सांसदहरुको बैठक

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ संघिय सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेलगत्तै नेपालले आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएका छन् ।

    पार्टी अध्यक्ष एवं संसदीय दलका नेता ओलीले आजै नेपालसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने ? भन्दै स्पष्टीकरण सोध्ने निर्णय गराएका थिए ।



    त्यसलगत्तै नेपाललले आज दिउसो बानेश्वरको अर्याल होटलमा बैठक बोलाएका हुन् ।



    आजको केन्द्रीय कमिटीको बैठकले नेपालसहित २७ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण बुझाउन समय दिएको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    उनीहरुबाट चित बुझ्दो जवाफ नआएमा १० गतेको केन्द्रीय कमिटीको बैठकबाट उनीहरुलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट पनि निश्कासन गर्ने तयारी गरेको समेत भट्टराईले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार