Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • वीरगञ्जमा कोरोना सङ्क्रमित एक जनाको उपचारका क्रममा मृत्यु

    वीरगञ्जमा कोरोना सङ्क्रमित एक जनाको उपचारका क्रममा मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 3K
    SHARES

    फाइल तस्बिर

    पर्सा। कोरोना सङ्क्रमणकै कारण आज एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

    भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा उपचारका क्रमम मृत्यु भएको हो ।



    भारतबाट फर्किएलगत्तै बिरामी भएका पुरुषलाई उपचारका लागि गत चैत २९ गते अस्पताल भर्ना गरिएको थियो।



    पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार भर्ना गरेकै दिन उनको आरडिटी पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो।

    मृतक श्वाप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रस्त रहेको श्रीवास्तवले जानकारी दिए।

    बितेको एक साताभित्र पर्सामा चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

    यससँगै पर्सामा सङ्क्रमणकै कारण मृत्यु भएको सङ्ख्या ५८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार