Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नक्कली पीसीआर रिपोर्ट बनाउने सूर्य ल्याबमा अपराध महाशाखाको छापा

    नक्कली पीसीआर रिपोर्ट बनाउने सूर्य ल्याबमा अपराध महाशाखाको छापा

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 3.9K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा सूर्य ल्याबमा छापा मारेको छ।

    काठमाडौंको सिनामंगलस्थित सूर्य ल्याबले नक्कली पीसीआर रिपोर्ट बनाएको आशंकामा छापा मारिएको महाशाखा स्रोतले बताएको छ।



    महाशाखा स्रोतका अनुसार उक्त ल्याबले कोरोना परिक्षण गराउने व्यक्तिहरुको स्वाब नै नलिइ कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्ट बनाउने गरेको भेटिएको छ ।



    विशेष सुराकीको आधारमा महाशाखाबाट खटिएको टोलीले ४ जनाको नक्कली पीसीआर रिपोर्ट समेत फेला पारेको स्रोतले बताएको छ।

    महाशाखाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ल्याब संचालकमाथि कारवाही गर्ने तयारी थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार