Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालको अपराजित यात्रामा पूर्णविराम, नेदरल्याण्ड ३ विकेटले विजयी

    नेपालको अपराजित यात्रामा पूर्णविराम, नेदरल्याण्ड ३ विकेटले विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2.1K
    SHARES

    निर्मल बाबु लामिछाने / काठमाडौं । त्रिकोणात्मक सिरिजमा सुखद सुरुवात गरेको नेपालको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

    किर्तिपुर खेल मैदानमा भएको आजको खेलमा नेपालले नेदरल्याण्ड्ससंग ३  विकेटले पराजित भएसंगै अपराजित यात्रामा पूर्ण विराम लागेको हो।



    नेपालले दिएको २०७ ररनको बिशाल लक्ष्य नेदरल्याण्डले अन्तिम ३ बल बाँकी छँदा ७ विकेट गुमेर भेट्टाएको हो।  नेदरल्याण्डको जितमा बेन कुपरले ५५, कप्तान पिटरले ३१ र बासले लिडले ८१ रनको आक्रामक पारि खेले।



    नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

    यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको थियो।

    यसअघिका दुवै खेलमा गतिलो प्रदर्शन गरेका आशिफ सेख आजको गेममा खाता नै नखोली आउट भएपनि अर्का ओपनर कुशल भुर्तेल (६२) र दिपेन्द्रसिंह ऐरीको (६०) उत्कृष्ट पारिमा रनको योगफल जोड्न सफल भएको थियो ।

    नेपालका लागि अन्य ब्याट्सम्यानहरु कप्तान ज्ञानेन्द्र मल्लले २०, सोमपाल कामी २१ र  कुशल मल्लले १८ रनको योगदान गर्दा अन्यले खासै गतिलो प्रदर्शन गर्न भने सकेनन्।

    नेदरल्याण्डका लागि बलर पिटरले सर्वाधिक ३ तथा भिबिन किन्ग्माले २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार