Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पार्टी फुटाउन झुटा आरोप लगाएर स्पष्टीकरण सोधिएको नेपाल पक्षका सांसदहरुको दावी

    पार्टी फुटाउन झुटा आरोप लगाएर स्पष्टीकरण सोधिएको नेपाल पक्षका सांसदहरुको दावी

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेका छन् ।

    मंगलबार दिउँसो बसेको नेपाल समूहका सांसदहरुको बैठकले जवाफ दिने निर्णय गरेको हो ।



    बैठकले पार्टी फुटाउने उद्देश्यका साथ झुटा आरोपहरु लगाएर स्पष्टीकरण सोधिएको भन्दै त्यसको सामना गर्ने निर्णय गरेको एक सांसदले बताए।



    बैठकमा सांसहरुले अध्यक्ष ओलीले नै २८ फागुनमा एकलौटी निर्णय गरेर पार्टीलाई विभाजनको दिशामा लगेको आरोप लगाउँदै उल्टै आफूहरुलाई अर्को पार्टी बनाएको भनेर स्पष्टीकरण सोधिएको बताए ।

    यसअघि अध्यक्ष ओलीले नेपालसहित २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार