Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ह्वात्तै बढे कोरोना संक्रमित १ हजार ७३६ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु

    ह्वात्तै बढे कोरोना संक्रमित १ हजार ७३६ जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    यही अवधिमा १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार मृत १५ जनामध्ये ११ जनाको २४ घण्टाभित्र रिपोर्ट प्राप्त भएको हो भने बाँकी ३ जनाको पछिल्लो २४ घण्टाभित्र मृत्यु भएको हो ।



    ८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८७ हजार ५ सय ६७ पुगेको छ भने मृतकको संख्या ३ हजार १ सय २ जना पुगेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५१ जना निको भएका छन् । यो सँगै नेपालमा निको हुनेको कूल संख्या २ लाख ७५ हजार ८०६ जना पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार