Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एकैदिन १९ वर्ष मुनीका १९३ बालबालिकामा कोरोना संक्रमण

    एकैदिन १९ वर्ष मुनीका १९३ बालबालिकामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ७ बैशाख २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ वर्ष मुनीका थप १९३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका रहेका छन् ।



    त्यस्तै २०–२९ वर्षका ३७०, ३०–३९ वर्षका ४१७, ४०–४९ वर्षका ३१२, ५०–५९ वर्षका १९३, ६०–६९ वर्षका १११, ७०–७९ वर्षका ५३, ८०–८९ वर्षका १०, ९०–९९ वर्षका ३, र उमेर नखुलेका ५ जना गरी पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०५५ पीसीआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा ६९ गरी १७३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार