Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • म्यानचेस्टर युनाइटेडका कार्यकारी उपाध्यक्षद्वारा राजीनामा

    म्यानचेस्टर युनाइटेडका कार्यकारी उपाध्यक्षद्वारा राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कार्यकारी उपाध्यक्ष एड वूडवार्डले राजीनामाको घोषणा गरेका छन् ।

    सन् २०२१ को अन्त्यसँगै आफू जिम्मेवारीबाट बाहिरिने घोषणा वूडवार्डले गरेका हुन् ।



    युनाइटेडसहितका ६ प्रिमियर लिग क्लब प्रस्तावित युरोपियन सुपर लिगबाट बाहिरिने घोषणा गर्नु पूर्व वूडवार्डको पद त्याग सम्बन्धी घोषणा आएको थियो । इएसएलको चौतर्फी आलोचना भएको थियो ।



    ४९ वर्षका वूडवार्ड सन् २००५ मा म्यानचेस्टर युनाइटेडमा जोडिएका थिए । कार्यकारी उपाध्यक्ष पदमा उनी सन् २०१२ देखि छन् ।

    क्लब अहिले भविष्यका लागि राम्रो गर्न सक्ने अवस्थामा रहेको र यो वर्षको अन्त्यमा क्लब छोड्नु आफ्ना लागि कठिन हुने तर आफू सो कठिन निर्णयमा पुगेको वूडवार्डले वक्तव्यमा उल्लेख गरेका छन् ।

    इएसएल घोषणा भएपछि वूडवार्ड युइएफएको प्रोफेसनल फुटबल स्ट्राटेजी काउन्सिलबाट बाहिरिएका थिए ।

    उनी च्याम्पियन्स लिग पुनर्उत्थानका लागि गएको शुक्रबार भएको छलफलमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति हुन् । सोमबार युइएफएले ३६ क्लबको च्याम्पियन्स लिगमा सहमति गरेको थियो ।

    तर आइतबार नै इएसएल घोषणा भयो । इएसएलमा सहमति गरेर फेरि च्याम्पियन्स लिगमा आएको भन्दै युइएफएका अध्यक्षले वूडवार्डको आलोचना गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार