Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आईपीएल : दिल्ली क्यापिटल्सद्वारा मुम्बई पराजित

    आईपीएल : दिल्ली क्यापिटल्सद्वारा मुम्बई पराजित

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दिल्लीको यो तेस्रो जित हो ।

    चेन्नईमा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो ।



    मुम्बई इन्डियन्सले पुरै ओभरको खेलमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि दिल्ली क्यापिटल्सले १३८ रनको लक्ष पाएको थियो ।



    जवाफी ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ४ विकेटको खेल सकिँदा नै लक्ष भेट्टाएपछि ६ विकेटले विजयी भएको हो ।

    दिल्लीलाई जिताउनका लागि सबैभन्दा धेरै शिखर धवनले ४५ र स्टेभन स्मिथले ३३ रन जोडेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार