Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भ्रष्टाचारमा डिमप्रकाशको कीर्तिमान ,जनार्दनसँग मिलेर साउदीमा अयोग्यलाई जीएसए दिन चलखेल

    भ्रष्टाचारमा डिमप्रकाशको कीर्तिमान ,जनार्दनसँग मिलेर साउदीमा अयोग्यलाई जीएसए दिन चलखेल

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले साउदी अरेबियाको जीएसए मार्केटिङ डाइरेक्टर जनकराज कालाखेतीसँगको मिलेमतोमा माओवादी केन्द्रका नेता जनार्दन शर्माको भित्री सिफारिसका शरद शर्माको सफारी ट्राभल्स एण्ड टुरिजम कम्पनी र गोल्डेन फाल्कन ट्राभलमध्ये एउटालाई दिने तयारी गरेका छन्  ।

    शरद शर्मा तेस्रोपटक साउदी अरेबियामा निगमको जीएसए लिन प्रयास गरिरहेका छन् ।



    यसअघि उनले मदन खरेलको पालामा सेटिङमा जीएसए लिन खोजेका थिए तर शर्माले पेश गरेका प्रस्तावयोग्य नभएको उजुरी परेपछि निगम बाध्य भएर डीएमडी गणेश चन्द र तत्कालीन सञ्चालक अच्युत पहाडीलाई छानबिन गर्न साउदी अरेबिया पठाएको थियो ।



    छानबिन गर्दा अर्कैको ट्राभल एजेन्सी एकदिनका लागि भाडामा लिएर प्लाष्टिकको साइन बोर्ड झुन्ड्याएर कार्यक्रम गरेको र भोलिपल्ट छड्के चेक गर्दा त्यस्तो गरेको रहस्य खुलेपछि जीएसएका लागि अयोग्य प्रमाणित भएको थियो ।

    सफारी ट्राभल एण्ड टुरिजम कम्पनीले सहकार्य गरेको भनिएको साउदीको कम्पनी टाट उल्टेको कम्पनी भएको पाइएको थियो ।

    हिमालयन एयरलाइन्सको टिकट बिक्री गरेको रकम समेत नदिएर आन्तरिक कालोसूचीमा परेको साउदीको साझेदारलाई नियमअनुसार जीएसए दिनै नमिल्ने देखिएको छ । टाट पल्टेको घोषणा गरेर हात उठाएको कम्पनीलाई जीएसए दिन नहुने कुरामा निगमका कर्मचारीको लगभग एकमत रहेको तर अडिट रिपोर्ट समेत पेश नगरेको सफारी टाभल र गोल्डेन फाल्कनमध्ये एउटालाई जीएसए दिन मार्केटिङ डाइरेक्टर कालाखेतीले भूमिका बनाइरहेका छन् ।

    शरद शर्माले साउदीमा जिओ ल्याण्ड र जिओलो जी भन्ने दुईवटा नाममात्रका ट्राभल एजेन्सीलाई आफ्नो स्थानीय साझेदारका रुपमा अघि सारेका छन् । यिनै कम्पनीले हिमालय एयरलाइन्सको टिकटको करोडौं रुपैयाँ नतिरेर टाट पल्टेको घोषणा गरेर हात उठाएका थिए ।

    खरेलको पालामा जीएसए लिन नपाएपछि दोस्रो पटक पनि शर्माले प्रयास गरेका थिए । त्यतिबेला पनि उनी सफल भएनन् । तर अहिले महाप्रबन्धक पौडेल र मार्केटिङ डाइरेक्टर कालाखेतीलाई प्रभावमा पारेर जीएसए लिन लागेको थाहा भएको छ ।

    यसपटक ती दुईबाहेक अल फैजला, अम्बर ट्राभल र अमिन युश्रीले टेण्डर हालेका थिए तर तीनवटाको प्रस्तावलाई पन्छाएर महाप्रबन्धक पौडेलकै डिजाइनमा बालुवाटारबाट बालुवाटारबाट सिफारिसको प्रक्रिया समेत पु-याउन लगाएर जनार्दन शर्माको जोडबलमा शरद शर्मालाई साउदीको जीएसए दिन लागिएको स्रोतको दाबी छ ।

    यसरी बलमिच्याइँ गरेर जीएसए दिँदा अख्तियारको फन्दामा पर्न सकिने कुरो उठ्दा शर्माले त्यसको चिन्ता नगर्न आश्वस्त पारेको समेत स्रोतको दाबी छ । मार्केटिङ विभागले तयार पारेको उक्त सेटिङको जीएसए नियुक्तिको प्रक्रियालाई निगमको बोर्डले अनुमोदन गर्नुपर्नेछ ।

    योगेश भट्टराईको खास मानिस बनेर महाप्रबन्धक नियुक्त भएका पौडेल र मार्केटिङ विभागका प्रमुख कालाखेती दुवै जना चार्टर्ड एकाउन्टेन्ट हुन् । हिसाब मिलाउन सिपालु भएकाले उनीहरुको मन मिलेको र त्यहीअनुसार सेटिङमा यसैगरी कामधन्दा हुने गरेको छ ।

    त्यसैका लागि अघिल्लो पटक छानबिनका लागि निगमले साउदी पठाएकामध्ये डीएमडी चन्दलाई यसपटक निष्क्रिय जस्तै बनाएर राखिएको छ । यसबारेमा सम्पर्क गर्दा मार्केटिङ विभागका प्रमुख कालाखेतीले आफूलाई यस विषयमा थाहा नभएको बताए ।(आर्थिक दैनिकबाट)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार