Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोनाको दोस्रो लहर सुरु भएपछि जोखिम उच्च, हेटौँडामा संक्रमित वृद्धको मृत्यु

    कोरोनाको दोस्रो लहर सुरु भएपछि जोखिम उच्च, हेटौँडामा संक्रमित वृद्धको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 1.7K
    SHARES

    मकवानपुर ।  कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि कोरोनाको जोखिम उच्च बन्दै गएको छ ।

    कोरोना संक्रमणबाट हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ का ७४ वर्षीय वृद्धको मृत्यु भएको छ ।



    केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएका उनी  होम आइसोलेशनमा बस्दै आएका थिए । उनको आज विहान आफ्नै निवासमा मृत्यु भएको छ ।



    उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भइरहेको हेटौंडा उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंले वताए।

    मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या बृद्धि हुने क्रम तिव्र रहेको छ ।

    २ दिनमा मात्रै मकवानपुरका ३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार