Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • काठमाडौँमा कोरोनाको महामारी, बौद्ध–जोरपाटी क्षेत्रमा रथयात्रा !

    काठमाडौँमा कोरोनाको महामारी, बौद्ध–जोरपाटी क्षेत्रमा रथयात्रा !

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 3.3K
    SHARES

    काठमाडौँ। चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सम्पन्न गरिएको छ ।

    चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा श्री रक्तविनायक, श्री महाँकाल भैरव र श्री चामुण्डादेवीको रथयात्रा गर्ने परम्परा छ ।



    रथयात्रा जोरपाटी र बौद्ध क्षेत्रमा दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर सांस्कृतिक परम्परालाई निरन्तरता दिइएको छ ।



    यसअघि मङ्गलबार बिहान कोष, वडा कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धको बैठकले सुरक्षितरूपमा चामुण्डा रथयात्रा चलाउने निर्णय गरेको थियो । रथयात्रामा प्रहरी र स्वयंसेवक यथेष्टमात्रामा खटाइएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मङ्गलबार राति नै जात्रा सम्पन्न गरिएको हो ।

    वर्षका चार नवरात्रमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रमा चामुण्डालगायत देशभरका देवी मन्दिरमा पूजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

    यस वर्ष पशुपति क्षेत्रस्थित गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थान, बिजेश्वरी, शोभा भगवती, रक्तकाली, श्वेतकाली, इन्द्रायणीलगायत देवी मन्दिरमा भौतिक दूरी कायम गरेर भक्तजनले दर्शन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार