Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ह्वात्तै बढ्यो सुनको मूल्य !

    ह्वात्तै बढ्यो सुनको मूल्य !

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।

    हिजो ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकै दिन तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार पुगेको छ।



    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।



    यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ ।

    हिजो प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी मूल्य आज १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार