Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • न्यायाधीशद्वय चुँडाल र सुवेदीद्वारा शपथ ग्रहण

    न्यायाधीशद्वय चुँडाल र सुवेदीद्वारा शपथ ग्रहण

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

    सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका हुन्।



    शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेकी थिइन्।

    उनीहरुलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार