Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नक्कली पीसीआर रिपोर्ट लिएर विदेश हिँडेका १३६ जनालाई विमानस्थलबाटै फर्काइयो

    नक्कली पीसीआर रिपोर्ट लिएर विदेश हिँडेका १३६ जनालाई विमानस्थलबाटै फर्काइयो

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 3.3K
    SHARES

    काठमाडौं। सिनामंगलस्थित सुरिया हेल्थकेयरमा परीक्षण गराएको पीसीआर रिपोर्ट बोकेर विमानस्थल पुगेका १३६ जनालाई विमानस्थलले फर्काएको छ।

    विभिन्‍न देशमा जानका लागि सुरिया हेल्थकेयरको ल्‍याबमा पीसीआर परीक्षण गराएका यात्रुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको अध्यागमन विभागले जनाएको छ।



    फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेका छन्।



    पछिल्लो समय दोश्रो चरणको कोरोना संक्रमण बढिरहेको बेला राजधानीमै नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरि मंगलबार सार्वजनिक गरेको थियो।

    महाशाखाले पीसीआर परीक्षण नै नगरी नेगेटिभ विवरण उल्लेख गरेर कोरोनाको रिपोर्ट बनाएको आरोपमा सिनामंगलस्थित सुरिया हेल्थ केयरका सञ्चालक खेलानन्दप्रसाद सिंहसहित ८ जनालाई पक्राउ गरेको हो ।

    महाशाखाबाट एसपी कृष्ण पंगेनीको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेल्थ केयरमा छापा मारेको थियो ।

    सो क्रममा सप्तरी घर भई हाल ललितपुर धापाखेल बस्ने हेल्थ केयरका सञ्चालक ४४ बर्षका खेलानन्दप्रसाद सिंहसहित ८ जना महाशाखाको फन्दामा परेका थिए।

    हेल्थ केयरका अध्यक्ष भने भारतीय नागरिक डा.सिपी श्रीकुमार हुन्। उनी अहिले भारतमा रहेका छन्।

    महाशाखाले गरेको अनुसन्धानका क्रममा सिंहसहित अन्य गिरोह पनि सक्रिय रहेको खुलेको छ।

    महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाउने गिरोहका सदस्यहरु क्रमशस् सुरिया हेल्थकेयर प्रालिका संचालक सिंह, झापा गौरादह नगरपालिकाका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्र ब. रायमाझी,सप्तरी राजबिराजका ३२ वर्षीय प्रमोद कुमार यादव, महोत्तरी गौशाला नगरपालिका ५० वर्षीय प्रदिप कुमार गिरी,अमन कुमार यादव, मोरङ बिराटनगरका ३२ वर्षीय वजेश पोख्रेल, महोतरीका २२ वर्षीय बादल मिरिङ छिङ र दोलखाका २२ वर्षीय सरोज क्षत्रीलाई पक्राउ गरेसँगै उनीहरुको धन्दा छताछुल्ल भएको छ। पक्राउ परेका प्रकाश रायमाझी मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका संचालक हुन ।

    उनीहरूले पैसा दिएर दुई घण्टाभित्रै रिपोर्ट बनाइदिने र घरमै पुर्याइदिने गरेको समेत खुलेको छ।

    महाशाखाले सुरिया हेल्थ केयरमा छापा मार्ने क्रममा ४ वटा नक्कली पीसीआर रिपोर्ट पनि बरामद गरेको छ ।

    उनीहरुले वैदेशिक रोजगारीमा जानेलाई प्रति रिपोर्ट ९ हजारसम्म लिएर डेढ घण्टादेखि २ घण्टाबीचमा नक्कली रिपोर्ट तयार पर्ने गरेको पनि खुलेको छ ।

    महाशाखाको टोलीलेछापा मार्ने क्रममा कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिएको छ ।

    त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाल बन्द गरिएको गरिएको महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार