Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एकैदिन २३५१ संक्रमित थपिंदा उपत्यकामा मात्रै १०५१ जनामा कोरोना पुष्टि

    एकैदिन २३५१ संक्रमित थपिंदा उपत्यकामा मात्रै १०५१ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।

    काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।



    प्रवक्ता गौतमका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

    यस्तै बितेको २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार