Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • किन शिल्पाको पोल खोले प्रकाश सुवेदीले ? कार्यक्रम बन्द हुँदा सुवेदी झन चर्चित !

    किन शिल्पाको पोल खोले प्रकाश सुवेदीले ? कार्यक्रम बन्द हुँदा सुवेदी झन चर्चित !

    अनलाइन नेपाल
  • बुधबार, ८ बैशाख २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । नायिका शिल्पा पोखरेलका व्यक्तिगत कुरा बाहिर ल्याएपछि रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभजनमा चलाउने दुई वटा कार्यक्रम निलम्बनमा परे ।

    सुवेदीले ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ नामका मनोरञ्जन कार्यक्रम चलाउँथे । एपीवान टेलिभिजन  बोर्डले अर्को निर्णय नहुञ्जेल दुबै कार्यक्रम निलम्बन गरेको हो ।
    सुवेदीलेनायिका शिल्पा पोखरेल र उनका श्रीमान छवि ओझाको विषयमा कार्यक्रम बनाएपछि एपीवान टेलिभिजनमा उजुरी परेको थियो ।



    शिल्पा पोखरेलका विषयमा सुवेदीले कार्यक्रम बनाएपछि उनले उजुरी हालेकी थिइन् । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ ।



    कार्यक्रमको विषयमा अदालतले पनि चासो देखाएपछि टेलिभिजनको बोर्ड बैठक बसेको थियो । वैशाख २ गते बसेको बोर्ड बैठकले नायिका पोखरेल र उनका श्रीमान् छवि ओझाका विषयमा थप कार्यक्रम नबनाउनू भनिएको थियो ।

    कार्यक्रम बनाउनै परे शिल्पा पोखरेललाई पनि बोल्ने ठाउँ दिनु भनिएको जनाइएको छ । सुवेदीका ती कार्यक्रममा प्रस्तुत गरिएका विषयका कारण यसअघि पनि विवादमा पर्ने गरेका थिए ।

    कार्यक्रम निलम्बन भएको बारे समाचार बाहिरिए पनि आधिकारिक रूपमा जानकारी नआएको प्रकाश सुवेदीले वताउने गरेका छन् । उनले टेलिभिजनसँग कार्यक्रम सञ्चालन गर्न आउँदो असार मसान्तसम्मको कन्ट्रयाक्ट गरेका थिए ।

    कार्यक्रम निलम्बनमा परेको समाचार आएपछि अरू टेलिभिजन च्यानलहरूले आफ्नोमा चलाउन भन्दै सम्पर्क गरेको उनले बताए । कार्यक्रम रोकिएका समाचार आएपछि हाम्रोमा आउनु भनेर सुवेदीलाई टेलिभिजनको फोनहरू आइरहेका छन् ।

    पत्रकार सुवेदीले नायिका शिल्पा पोखरेलको पहिलो विवाह काठमाडौं जिल्ला अदालतबाट डिभोर्स भएको प्रमाण सार्वजनिक गरिदिएका थिए ।

    त्यसपछि शिल्पा रिसाएकी थिइन् । शिल्पाबारे विभिन्न डान्स पार्टीका भिडियोसहितका समाचार पनि सुबेदीले सार्वजनिक गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार