Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक

    म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेल जित्दै म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ ।

    अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको हो ।



    सिटीका लागि खेलको २२ औँ मिनेटमा फिल फोडिन तथा ४० औँ मिनेटमा रोड्रीले गोल गरे । एस्टन भिल्लाका लागि पहिलो मिनेटमै जो म्याकगिनले गोल गरेका थिए ।



    ५७ औँ मिनेटमा एस्टन भिल्लाका म्याटी क्यास तथा ४४ औँ मिनेटमा जोन स्टोन्स रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दुवै टिम १० खेलाडीमा सीमित भएको थिए ।

    जित निकालेको म्यानचेस्टर सिटीको ३३ खेलबाट ७७ अंक भएको छ । ३१ खेलबाट ४४ अंकसहित एस्टन भिल्ला ११ औँ स्थानमा छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार