Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पाकिस्तानमा चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट

    पाकिस्तानमा चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 3.3K
    SHARES

    एजेन्सी । पाकिस्तानको क्वेटा शहरस्थित चिनियाँ राजदूत बसेको होटलमा बम बिस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

    बम बिस्फोटमा परी ११ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।



    क्वेटा शहरको सेरेना होटलको कार पार्किङ्ग क्षेत्रमा आक्रमण भएको हो । आक्रमणकारीले पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ्ग रोङ्गलाई निशाना बनाउन खोजेको हुन सक्ने बताइएको छ ।



    सेरेना होटलमा चिनियाँ राजदूत बस्दै आएका थिए । आक्रमणका बेला उनी त्यहाँ नरहेको पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशिद अहमदले बताएका छन् । आक्रमणको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ ।

    पछिल्लो महिनामा तालिबानसहितका सशस्त्र समूहले अफगानिस्तानसँगको सीमा क्षेत्रका आदिवासी क्षेत्रहरुमा आक्रमण गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार