Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आईपीएल : हैदराबाद र चेन्नई विजयी

    आईपीएल : हैदराबाद र चेन्नई विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 5K
    SHARES

    एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधवार राति भएका खेलमा सनराइज हैदराबाद र चेन्नई सुपर किंग्स विजयी भएका छन् ।

    पहिलो खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किङ्ग्सलाई नौ विकेटले हरायो ।



    पञ्जाबले दिएको एक सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८ ओभर चार बलमा मात्रै एक विकेट गुमाएर भेटायो । हैदराबादका लागि जोनी बेयर्स्टोले अविजित ६३ रन बनाए ।



    यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले १९ ओभर चार बलमा अलआउट हुँदै एक सय २० रन बनाएको थियो । पञ्जाबलाई कम योगफलमै रोक्न हैदराबादका खलील अहमदले तीन र अभिषेक शर्माले एक विकेट लिए । यो जितसँगै हैदरावाद अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको भने पञ्जाब पुछारमा झरेको छ ।

    दोस्रो खेलमा चेन्नइ सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्यो ।

    चेन्नईले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको कोलकाताले १२ ओभर १ बलमा अलआउट हुँदै दुई सय दुई रनमात्र बनाउन सक्यो । कोलकाताका लागि प्याट कमिन्सले ३४ बलमा अविजित ६६ रन बनाए ।

    त्यस्तै आन्द्रे रसेलले २२ बलमा ५४ रन र दिनेश कार्तिकले २४ बलमा ४० रन बनाए । तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा पनि कोलकाता पराजित भयो ।

    चेन्नई सुपर किङ्ग्सका लागि दीपक चाहर एक्लैले चार विकेट लिए । त्यस्तै लुङ्गी एन्गिडीले तीन र साम करनले एक विकेट लिए ।

    यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन बनायो । चेन्नईका लागि फाफ डु प्लेसीले ६० बलमा अविजित ९५ रन बनाए । त्यस्तै रुतुराज गायकवाडले ६४ रनको योगदान गरे ।

    ५ ओभर २ बलमा बोर्डमा ३१ रन हुँदा पाँच विकेट गुमाइसकेको अवस्थामा कोलकाताका लागि आन्द्रे रसेलले दिनेश कार्तिकले छैटौँ विकेटका लागि १ रनको पार्टनरशिप गर्दै खेलमा फर्किन प्रयास गरेका थिए । ११ ओभर २ बलमा रसेल आउट भए ।

    त्यसपछि क्रिजमा आएका कमिन्स र कार्तिकले सातौँ विकेटका लागि ३४ रनको साझेदारी गरे । १४ ओभर ६ बलमा कार्तिक आउट भए । त्यसपछि क्रिजमा आएका कमलेश नगरकोटीसँग प्याट कमिन्सले आठौँ विकेटका लागि ३० रनको साझेदारी गरे । १६ ओभर २ बलमा नगरकोटी आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार