Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • त्रिदेशीय सिरिज : नेपाल र मलेसिया भिड्ने

    त्रिदेशीय सिरिज : नेपाल र मलेसिया भिड्ने

    अनलाइन नेपाल
  • बिहिबार, ९ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजमा आज घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उक्त खेल सवा १ बजे शुरु हुनेछ।

    जारी प्रतियोगितामा २ जित र १ पराजय ब्यहोरेको नेपालले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने दुई पराजय ब्यहोरेको मलेसियाको अघिल्लो म्याच टाइ भएको थियो।



    मलेसिया फाइनलको होडबाट बाहिरिसकेको छ। नेपालले आजको खेलमा जित निकाले शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने छ भने पराजित भए दोस्रो हुँदै फाइनलको यात्रा तय गर्नेछ। यसअघिको खेलमा नेपालले मलेसियालाई ९ विकेटको फराकिलो अन्तरले हराएको थियो।



    जारी सिरिजमा ४ खेल खेलेको नेदरल्याण्ड्स २ जित, १ हार र १ बराबरी खेल्दै ५ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै ३ खेलमा २ जित र १ हार ब्यहोरेको नेपाल ४ अंक जोडेर दोस्रो स्थानमा छ।

    त्यस्तै ३ खेल खेलेको मलेसियाले २ वटामा हार र एउटामा अंक बाँड्दै १ अंक जोडेर तालिकाको पुछारमा छ।

    वर्षा बाधक बन्ने सम्भावना

    आजको खेलमा वर्ष वाधक बन्ने सम्भावना देखिन्छ। हिजो सम्पन्न नेदरल्याण्ड्स र मलेसियाबीचको खेल पनि वर्षको कारण ढिला गरि सुरु भएको थियो।

    आज पनि काठमाडौंमा बिहानैबाट पानी परिरहेको छ। त्यस्तै आज दिउँसो वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार